
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेको सांसद पद खारेज भएपछि उक्त निर्वाचन क्षेत्रमा उप–चुनाव हुने भएको छ ।
निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाइसकेको छ ।
उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि पदमुक्त भएका छन् । यससँगै, आयोगले कानुनबमोजिम उक्त क्षेत्रमा उपनिर्वाचन गर्नेछ ,
आयोगले सरकारसँग परामर्श गरेर उपनिर्वाचन गर्ने एक पदाधिकारीले बताए ।
निर्वाचित सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भए त्यस्तो क्षेत्रमा आयोगले तोकेको मितिमा उपनिर्वाचन हुने व्यवस्था छ ।
लामिछानेले चितवन–२ मा नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेललाई हराएका थिए ।