राष्ट्रिय योजना आयोगमा सुशील ज्ञवालीसहित तीन सदस्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 06:02:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ। आज सोमबार बसेको  मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको हो । 

सरकारका प्रवक्ता तथा संचार मन्त्री रेखा शर्माले  योजना आयोगको सदस्यका रुपमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र शाहीलाई नियुक्त गरिएको जानकारी दिएकी हुन्।

 ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक थिए ।  शाक्य पूर्व राजदूत हुन् भने कुशेन्द्र शाही यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved