खानी दोहन मुद्दाः एमाले नेता भट्ट र पूर्वसचिव खतिवडासँग अदालतले बयान लियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 03:47:33 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ९ वटा सिमेन्ट तथा चुनढुंगा खानीका उद्योगी र खानी तथा भूगर्भ विभागका कर्मचारीविरुद्द विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा आदालतले तत्कालिन मन्त्री र सचिवसँग बयानमा लिएको छ ।

९ उद्योगबाट १ अर्ब २४ करोड बिगो माग दाबी गरिएको उक्त मुद्दाको पेशी पटक पटक चढेपनि अन्तिम सुनुवाई हुन सकेको छैन । 

विशेष अदालतले माघ १६ र १७ गते २ दिन लगाएर तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट (हाल एमालेको सचिव) र तत्कालिन उद्योग सचिव यमकुमारी खतिवडा (हाल अवकाश प्राप्त) सँग बयान लिएको हो । 

तत्कालिन सहसचिव शोभाकान्त पौडेल र खानी विभागका पूर्व महानिर्देशक सोमनाथ सापकोटाको पनि विशेष अदालतले बकपत्र गराएको छ । खानी विभागका जियोलोजिस्ट प्रमोद सिंखडासँग पनि अदालतले बयान लिएको छ । 

विभागका तत्कालिन महानिर्देशक रामप्रसाद घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे, लेखा अधिकृत श्रीभद्र गौतम लगायतका कर्मचारीहरु र पशुपति मुरारका सहितका उद्योगीहरु मुद्दा खेपिरहेका छन् । 

विशेष अदालतमा मुद्दा दायर गर्नु अगाडी पनि अख्तियारले लेखराज भट्ट र यमकुमारी खतिवडासँग बयान लिएको थियो । 

अब माघ २९ गतेका लागि पेशी तोकिएको छ ।

यसअघिः

एमाले नेता लेखराज भट्ट र तत्कालिन सचिव यमकुमारी खतिवडालाई अदालतले बोलायो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved