मर्जरको नाममा ठूलो माछाले सानो माछा निलेको निल्यै छ : डा. कल्याण रोका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 05:13:31 PM मा प्रकाशित

laxmi  sunrise bank

युवा स्वरोजगार कोषका कार्यकारी अध्यक्ष डा. कल्याण रोकाले अहिले भइरहेको बैंकको मर्जरले पछि समस्या निम्त्याउने बताएका छन् । काठमाडौँमा आयोजित 'अर्थतन्त्रका चुनौती तथा समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिले बैंक मर्जरको लहर चलेको तर मर्जरको नाम ठूलो माछाले सानो माछा निलेको निल्यै गर्ने काम मात्र गरेको बताए । अहिले बैंकको संख्या घट्दा राम्रो जस्तो देखिने भएपनि भविष्यमा यसले बैंकिङ क्षेत्रमा मनोपोली बजारको सिर्जना गर्ने उनले बताए । 

उनले अहिलेको अर्थ नीति नै गलत भएको टिप्पणी गरेका छन्  । विनोद चौधरीको मात्रै आम्दानी बढिरहने अर्थ नीतिले देश नबन्ने उनले बताए । उनले एडम स्मिथको अर्थशास्त्रको नीतिले विश्वभरी नै काम गर्न छोडेकोले अब समय अनुसार नीति परिमार्जन गरेर अगाडी बढ्नु पर्ने बताए ।  उनले २०६५ सालमा बनेको युवा स्वरोजगार कोषको कानुन अनुसार अहिले काम गर्नै सकिने अवस्था नरहेको उल्लेख गरे ।  सोहि कारण उद्यमशीलता र स्वरोजगार क्षेत्र लठिबद्र रहेको उनको भनाई थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved