क्यानेडियन नागरिक ९ किलोबढी सुनसहित पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 09:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोबढी सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तरािष्ट्रय विमानस्थल भन्सार कार्यालयले सुनसहित उनलाई गएराती पक्राउ गरी अनुसन्धान थालेको छ । 

पक्राउ पर्नेमा ३५ वर्षका क्यानेडियन मोहम्मद कमल महगोब रहेका छन् । उनलाई गएराती अन्दाजी १२ बजेको समयमा पक्राउ गरिएको हो । 

उनले कम्मरमा फल्स बटम बनाएर सुन ल्याएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत यमराज पाण्डेले जानकारी दिए । 

पहिलो पटक नेपाल उनी फ्लाई दुबइमार्फत काठमाडौँमा अवतरण गरेका थिए । उनले सुन तस्करी गरेर भारत लान लागेको आशंका गरिएको थियो । यस अघि पनि भन्सार कार्यालयले यसैगरी १९ किलो सुन सहित विदेशी नागरिक पक्राउ गरेको थियो ।

विमानस्थलमा परीक्षण गर्ने क्रममा कम्मरमा शंकास्पद वस्तु देखिएपछि जाँच गर्दा फल्स बटमभित्र ८ वटा सुनको विस्कुट र एएटा सुनको डल्ले बरामद गरिएको थियो । जाँच गर्दा उक्त सुन ९ किलो १३५ ग्राम रहेको पाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved