आचार्यकी श्रीमतीले भनिन् 'बैंक खाता विवरणको दुष्प्रचार गरेर भाइरल बनाउने काम भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 03:53:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएकोमा आपत्ति जनाएकी छिन् । बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन् ।

बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ । गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको पनि बताइन् ।

“मेरो श्रीमानले मलाई पैसा आओस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ”, उनले भनकी छिन् ।

उनले आफ्नो खातामा पैसा हाल्न कसैलाई व्यक्तिगत रुपमा आग्रह नगरेको तर सयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको हुनसक्ला, तर जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको बताइन् । उनले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने चेतावनी पनि दिइन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved