ओली र प्रचण्डको फोनपछि रोकियो राष्ट्रिय स्वतन्त्र पार्टी, तत्काल सरकार नछाड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 08:38:55 PM मा प्रकाशित

laxmi bank

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने कि नछोड्ने भन्ने विषयमा २ दिनपछि मात्र निर्णय गर्ने भएको छ । पार्टी प्रवक्ता डा. मुकुल ढकालले छलफल जारी राख्ने र २ दिनपछि मात्र निर्णय गर्ने बताएका हुन् 

 पार्टीको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। उनका अनुसार आजको बैठक सुरु हुनु अगाडी प्रधनामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले  फोन गरेर २ दिनको समय माग गरेकोले अब २ दिनपछि मात्र निर्णय हुने उनले बताए । ओली र प्रचण्डले २ दिनमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने प्रतिवद्दता गरेकोले आज सरकार छोड्ने वा नछोड्ने बारे आज निर्णय नभएको डा. ढकालले बताए । 

 पार्टी सभापति रवि लामिछानेले आफुलाई पुन: गृह मन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए । नागरिकता र राहदानीको मुद्दाको टुंगो नलागी पुन: गृह मन्त्री नियुक्त गर्न नसकिने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गराएपछि लामिछानेले सरकार छाड्ने चेतावनी दिएका थिए । 

सरकार छाड्ने कि नछाड्ने विषयमा पार्टी भित्र प्रष्ट दुई धार रहेको थियो। तर आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अब यसबारे २ दिन पछि मात्र निर्णय हुने निर्णय गरेको प्रति प्रवक्ता डा. ढकालले बताए । 

  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved