
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि डिजेल , पेट्रोल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।
मूल्य वृद्धिसँगै अब पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर १७५ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने स्थिर छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य बढाएको निगमले जनाएको छ। भारतले यस अघि पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढाएर मूल्य पठाएको थियो।