२४ वटा सार्वजनिक विदामा बैंकका कर्मचारीलाई विदा नहुने, २२ सेवा दिने कार्यालय खुला राख्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 09:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

२४ वटा सार्वजनिक विदाका दिनमा बैंक, बीमा तथा पासपोर्ट सेवा दिने कार्यालय खुला रहने भएका छन् ।  गृह मन्त्रालयले आज २०८० सालमा दिईने सार्वजनिक विदाको सूची राजपत्रमा सार्वजनिक गर्दै २४ वटा विदाका दिनमा बैंक सहितका २२ सेवा सुचारु राख्नु पर्ने उल्लेख गरेको छ। 

राजपत्रमा प्रकाशित सूचना अनुसार उभौली पर्व-चण्डी पूर्णिमा, रक्षाबन्धन,  श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उद्यौली पर्व, योमरी पुन्हि - ज्यापू दिवस ( धान्य पूर्णिमा), तमू ल्होसार, माघी पर्व / माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्री,  ग्याल्पो ल्होसार, ईद (ईद उल फित्र), बकर ईद (ईद उल अजहा ), गाई जात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस,  बुद्ध जयन्ती, र पृथ्वी जयन्ती बिदामा बैंकिङ, पासपोर्ट लगायत निम्न सेवा दिने कार्यालय खुला राख्नु पर्ने छ ।  

यी हुन् माथि उल्लेखित विदाका दिनमा पनि सेवा दिनु पर्ने कार्यालयहरु:

(क) नागरिकता सम्बन्धी सेवा,

(ख) राहदानी सम्बन्धी सेवा.

(ग) कन्सुलर सम्बन्धी सेवा,

(घ) भन्सार तथा राजस्व सम्बन्धी सेवा (राजस्व अनुसन्धानसमेत),

(ङ) क्वारेन्टाइन सम्बन्धी सेवा.

(च) सवारी अनुमतिपत्र, सवारी साधन दर्ता तथा नवीकरणलगायतका यातायात व्यवस्थापन सम्बन्धी
सेवा,

(छ) उद्योग, वाणिज्य र कम्पनी प्रशासन सम्बन्धी सेवा,

(ज) वैदेशिक रोजगार सेवा,

(झ) राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणसम्बन्धी सेवा,

ञ) मालपोत तथा नापी सम्बन्धी सेवा,

(ट) स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवा,

(ठ) भेटेरिनरी सेवा,

(ड) खानेपानी सम्बन्धी सेवा,

(ढ) विद्युत सम्बन्धी सेवा,

(ण) सडक तथा ढल मर्मत सम्भार सम्बन्धी सेवा,

(त) खाद्य, गुणस्तर परीक्षण,

(थ) विभिन्न निकाय तथा शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यहरू,

(द) वैदेशिक अध्ययन अनुमति (NOC) सम्बन्धी सेवा,

(ध) नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्र सम्बन्धी सेवा,

(न) सम्बन्धित मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवासँग सम्बन्धित अन्य सेवा,

(प) प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा,

(फ) बैङ्किङ्ग तथा बिमा सम्बन्धी कारोबार ।


सरकारले २०८० सालमा दिईने सार्वजनिक विदाको सूची आज सार्वजनिक गरेको हो  । गृह मन्त्रालयले आज राजपत्रमा विदाको सूची सार्वजनिक गरेको हो  ।फागुन ४ गते बसेको मन्त्रिपरिषद्कोको बैठकले २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो  ।

हेर्नुस् २०८० सालमा हुने विदाको सूची : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved