प्रधानमन्त्रीको ट्वीटर ह्याक प्रकरणको अनुसन्धान गर्न प्रहरीलाई पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 03:16:26 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्वीटर एकाउण्टमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्वीट भएपछि त्यसको अनुसन्धानका लागि नेपाल प्रहरीलाई पत्राचार गरिएको छ । प्रधानमन्त्रीको ट्वीटर एकाउन्टमा अनाधिकृत प्रवेश भएको घटनामा आवश्यक अनुसन्धान गरी प्रतिवेदन बुझाउन  प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए  । 

प्रधानमन्त्री तथा मन्धिपरिषदको कार्यालयले नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहलाई पत्र लेख्दै उक्त घटना कसरी भएको हो ? र अबका दिनमा त्यस्ता घटना हुन नदिन कस्ता सुरक्षा अपनाउनुपर्ने हो ? अध्ययन गरी प्रतिवेदन बुझाउन भनेको छ । 

बुधबार साँझदेखि प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट @pm_nepal मा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको थियो । यसअघि प्रधानमन्त्री कार्यालयले ट्वीटर ह्याण्डलमा दु फ्याक्टर अथेनटिकेशनलगायतका सुरक्षा उपकरणहरु अपनाइएको भए पनि अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्वीट भएको भनी सार्वजनिक गरेको थियो । कार्यालयले ट्वीटर पुनः नियन्त्रणमा आइसकेको जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved