संसदबाट सरकारलाई प्रश्न 'प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 02:04:09 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभा सांसद डा. बिमला राई पौडेलले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । आजको राष्ट्रिय सभा बैठकको शुन्य समयमा आफ्नो भनाई राख्दै उनले प्रहरीले बोल्न खोज्ने युवाहरुको मुख थुनेको विषयमा सरकारको ध्यानकर्षण गराउंदै गृहमन्त्रीको जवाफ माग गरेकी हुन् 

उनले बैठकमा भनिन् ' हिजोदेखि सामाजिक संजाल र संचारमाध्यमहरुमा केहि युवाहरु बोल्न खोजेको, केहि प्रहरीले युवाहरुको जबर्जस्ति मुख थुनिदिएको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको , तस्विरहरु जताततै देख्न पाईएको छ यो किन भएको हो, युवाहरुले के बोल्न खोजेका थिए. जसको कारण प्रहरीले त्यस्तो ज्यादती गरेको हो संविधानले स्वतन्त्रपुर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकारी सबै नागरिकलाई दिएको छ प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यस्तो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारवाही गरेको छ कि छैन , गृहमन्त्रालयको ध्यानाकर्षण गराउदै गृहमन्त्रीसँग  जवाफ माग गर्न चाहन्छु ।'

मंगलबार प्रधानमन्त्री सहभागी एक कार्यक्रममा मिटरब्यजी विरुद्द नारा लगाउने युवाहरुको प्रहरीले मुख थुन्दै उनीहरुलाई पक्राउ गरेको थियो  । सोहि विषयमा आज संसदमा आवाज उठेको हो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved