
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेजस्तो मानिसहरूमा निराशा आफूले यसअघि अहिलेसम्म नदेखेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले अहिलेजस्तो युवाहरू आत्तिएको र मानिसहरूमा निराशा छाएको आफूले कहिल्यै नदेखेको बताएका हुन् ।
‘कोही पनि यहाँ राम्रो हुन्छ भन्ने विश्वासमा छैनन्, ६० साल भन्दा स्थिति अहिले धेरै राम्रो होला। तर, तथ्य तथ्यांकले ठिक छ कि छैन भन्ने हुँदो रहेनछ, मान्छेले के अनुभूति गरिरहेको छ भन्नेले हुने रहेछ’ थापाले भने, ‘हामी सबैलाई खराब भइरहेको लागिरहेको छ भने सम्हाल्ने कसरी हो ?’
महामन्त्री थापाले आफू अहिलेको अवस्था देखेर साँच्चिकै डराएको पनि बताएका छन् ।
गगनले देशको आर्थिक अवस्थाबाट आम मानिसहरुमा निराशा छाएको र जुनसुकै बेला अर्थतन्त्र दुर्घटना हुन सक्छ भन्ने त्रास रहेकोतर्फ संकेत गरेका हुन् ।