फूली भिर्दै महानिरीक्षक कुँवरले भने, ‘प्रहरी सेवामा सम्झौता हुन्न’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 12:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवरले गृहसचिव विनोदप्रकाश सिंहबाट आज दज्र्यानी चिन्ह प्राप्त गरेका छन् । महानिरीक्षकमा बढुवा भएको तेस्रो दिनमा उनले गृह मन्त्रालयमा पुगेर फूली लगाएका हुन्  । हिजो शनिबार भएकाले फूली लगाउन पाएनन् । गृह सचिव सिंहले नेपाल प्रहरीलाई सक्षम र सुदृढ बनाउन निर्देशन दिए । 

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनलाई व्यवसायिक, सुदृढ र सेवा चुस्त बनाउने सन्दर्भमा क्ुनै सम्झौता नगरिने विश्वास दिलाए । उनले नेपाल सरकारले दिएको निर्देशनलाई अक्षरस पालना गर्दै अघि बढ्ने पनि प्रतिबद्धता जनाए । यही चैत १० गते मन्त्रिपरिषदको बैठकले उनलाई महानिरीक्षकमा बढुवा गरेको थियो । 

उनीसहितका एआइजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा रहेकामा वरियतामा एक नम्बरमा परेका कुँवरलाई नै सरकारले महानिरीक्षक बनाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved