मिटरब्याज पीडित पैदलै हिडेर काठमाडौँ आइपुगे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 03:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बर्दिबासबाट पैदलै हिडेर राजधानी आउँदै गरेका मिटरब्याज पीडित आज काठमाडौँ आइपुगेका छन् । उनीहरु अहिले काठमाडौँको मातातिर्थ आइपुगेका हुन् । 

सडकमै पकाएर खाँदै हिड्दै गरेका उनीहरु आज मातातिर्थमै बास बस्नेछन् । भोली सबेरै उठेर उनीहरु काठमाडौँको माइतीघर वा आसपास आइपुग्ने छन् । टोलीमा रहेका कुमार बर्तौलाले मकवानपूरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आफूहरुसँग प्रधानमन्त्रीको सन्देश लिएर माग पूरा गर्ने आश्वासन लिएर आएको भएपनि उधारो आश्वासन नमान्ने भन्दै आफूहरुले फर्काइदिएको बताए । 

विगतमा पनि न्याय दिने भनेर सम्झौता भएपनि न्याय नपाएको कारण काठमाडौँसम्म पैदल पुग्ने आफूहरुको पूर्व घोषित निर्णय भएकाले नफर्किने भन्दै उनीहरु काठमाडौँतर्फ लागेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून सचिवलाई मिटरब्याज सम्बन्धि कानूनलाई प्रस्तावको रुपमा मन्त्रिपरिषद् ल्याउन र संसदमा दर्ता गर्न भनिसकेको प्रधानमन्त्री प्रेस संयोजक सूर्यकिरण शर्माले यसअघि नै जनाइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved