
गण्डकी प्रदेश सरकारले चैते दशैँको दिन प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषदको आजको निर्णयअनुसार चैत १५ गते चैते दशैँका दिन प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो ।
चैत्र शुक्ल अष्टमी (चैते दशैँ) को अवसरमा प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडेलले जानकारी दिए ।