
मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्तासाझेदार दलहरुको बैठक निष्कर्षबिहिन भएको छ। सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
तर आजको बैठकमा कुनै पनि सहमति हुन नसकेकोले बुधबार बिहान ९ बजे पुन: बैठक बसेर मन्त्रिपरिषद् बिस्तारको लागि सहमतिको प्रयास गर्ने नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी थिए।