उद्योगीसहित प्रधानमन्त्रीको भारत भ्रमणको आर्थिक पाटो : उच्च प्राथमिकतामा दीर्घ-बिजुली व्यापार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 01:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । नेपाल दुई ठूला मुलुक चीन र भारतको बीचमा भएकाले पनि नेपालमा हुने भ्रमण र नेपालबाट हुने भ्रमणलाई सधैँ अर्थपूर्ण र चासोका रुपमा हेर्ने गरिन्छ । यस्ता भ्रमणमा सीमा क्षेत्रमा भएका समस्या, व्यापारिक विषयदेखि आपसी सम्बन्धका विषयले चर्चा पाउने गरेको छ। 

यसपटकको उनको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितका सरकारी प्रतिनिधिमण्डल सहभागि हुँदैछन् भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भएको छ । परराष्ट्रमन्त्री साउदका अनुसार भ्रमणमा द्विपक्षीय हित र चासो तथा केही व्यापारिक विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ ।  

यसपटकको भ्रमणमा नेपालको ऊर्जा तथा जलविद्युत  क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारे पनि छलफल हुने बताइएको छ । भ्रमणको मुख्य विषय भने दीर्घकालीनरूपमा बिजुली व्यापार हुने देखिएको छ । बिजुलीका सन्दर्भमा हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने झन्झट वेहोरिँदै आएको छ । त्यसैले यसलाई दीर्घकालिन रुपमा समाधान गर्ने गरी काम केही महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । 

बङ्गलादेशमा बिजुली व्यापारका लागि मार्ग प्रशस्त नहुँदा अझै नेपालले बङ्गलादेशमा बिजुली बेच्न पाएको छैन । भारतलाई यो विषयमा पटकपटक आगग्रह गरिएपनि खास चासो दिएको पाइँदैन । पछिल्लो बैठकमा भारत सकारात्मक भएका समाचारहरु सार्वजनिक भएका छन् । तर त्यसलाई ठोस रुप दिन जरुरी छ । त्यसविषयमा पनि छलफल हुने जनाइएको छ । किनकी बङ्गलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ । भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्याउने तयारी गरिएको छ ।

भ्रमणदलमा उद्योगी, व्यवसायी पनि 

यसपालीको भ्रमणमा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् । आज अपराह्न भारत प्रस्थान गर्नेछ । परराष्ट्र मन्त्रालयले दिएकोे जानकारीअनुसार आज पनि केही भेटघाट र भोलि जेठ १८ गते प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका छ ।

हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । उनले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रधानमन्त्री दाहालले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको समेत भ्रमण गर्ने छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ । उनी प्रधानमन्त्रीको रुपमा चौथो भारत भ्रमण गर्न लागेका हुन् । यसअघि विसं २०६५ मा पहिलोपटक र  दोस्रोपटक २०७३ सालमा र त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गरेका थिए । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ । 

यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुनेछ । भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने  र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved