
 2mb (1).gif)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरी राजस्व अनुस्न्धान विभागमा पठाइएको छ ।
धनुषा जनकपुर उपमहानगरपालिका १ शिवपथ स्थायी घर भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई प्रहरीले पक्राउ गरी विभाग पठाएको हो । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैङ्लोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले पक्राउ गरेको हो ।
व्याग जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको थियो । उनीमाथि आवश्यक अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।