
 2mb (1).gif)
राष्ट्रिय तथ्यांक कार्यलयले राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ। नेपालमा दश वटा धर्म मान्ने मानिसहरु रहेको शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांकमा उल्लेख छ।
तथ्यांकअनुसार नेपालको कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या मध्ये नेपालमा हिन्दु धर्म मान्नेको संख्या ८१ प्रतिशत रहेको छ। संख्यामा नेपालमा हिन्दु सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना रहेका छन्।
यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने रहेका छन् भने इस्लाम धर्म मान्नेहरु तेस्रो स्थानमा रहेका छन्। तथ्यांकअनुसार इस्लाम धर्म मान्नेहरु ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत र क्रिश्चियन १.७६ प्रतिशत रहेका छन्।
तथ्यांकअनुसार नेपालमा हिन्दु र बौद्द धर्म मान्नेको संख्या थोरैले घटेको छ भने इस्लाम, किरांत र क्रिस्चियत धर्म मान्नेको संख्या थोरैले बढेको छ।
राष्ट्रिय जनगणना – २०६८ को तुलनामा नेपालमा हिन्दु धर्म मान्नेको संख्या ०. ११ प्रतिशत र बौद्ध धर्मावलम्बी ०.७९ प्रतिशत घटेका छन् । त्यस्तै इस्लाम धर्म मान्नेहरुको संख्या ०.६९ प्रतिशतले बढेको छ भने किरात धर्म मान्नेहरुको संख्या ०.०७ प्रतिशत बढेको छ। क्रिश्चियन धर्म मान्नेहरुको संख्या ०.३६ प्रतिशत बढेको छ । यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरुको संख्या केही कम हुँदा बोन धर्मावलम्बीको संख्या भने थोरै थपिएको छ ।
कुन धर्म मान्ने कति ?