भारतबाट आएपछि बधाइ दिन्छन् की भन्ने सोचेको थिएँ विचित्रका तर्क कुतर्क भएछ : प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 01:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको माग अनुसार आज संसदमा उपस्थिति भएर भारत भ्रमणका समग्र गतिविधिको फेहरिस्त प्रस्तुत गरेका छन् । उनले आज प्रतिनिधिसभालाई सम्बोधन गर्दैै आर्थिक विकासमै भारत भ्रमण केन्द्ति गरेको बताए । यसपटकको आफ्नो भ्रमण आर्थिक, उर्जा, पर्यटन, सीमा, ट्रेड, ट्रान्जिट तथा व्यापार प्रवद्र्धनमा  बढी कुरा भएको उनले सदनलाई प्रष्ट्याए । 

उनले भ्रमणका विषयमा जान्दा जान्दै अतिरञ्जित नगर्न अनुरोध पनि गरे । उनले यसपटकको भ्रमण उपलब्धीपूर्ण भएकाले सबैले धन्यवाद दिन्छन् भन्ने आफूले सोचेको तर यहाँ त अनेक तर्क, कुतर्क भएको देख्दा नमजा लागेको पनि बताए ।

यसपटकको भ्रमण आर्थिक क्रियाकलापलाई नयाँ गति दिन, उद्योग व्यवसायको विकास र दीर्घकालिन विद्युत व्यापार सम्झौता हुनु महत्वपूर्ण उपलब्धी भएको बताए । “१० वर्षमा १० हजार मेगावाट विद्युत लिने विषयमा भारत सरकारको कमिटमेन्ट हामी सुन्यौँ देख्यौँ, यो सानो कुरा होइन” उनले भने, “भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय साझेदारी गरेर विद्युत व्यापार गर्ने र त्यसका लागि काम अघि बढाउने भन्ने सामान्य कुरा होइन ।”

 उनले आफूले ग्लोबल टेन्डरबाट कुनै एक देशको निर्माण कम्पनीले प्राप्त गरेको र त्यसबाट उत्पादित विद्युत नलिने भन्ने कुराका बारेमा द्विपक्षीय वार्ताका क्रममा पनि र पत्रकार सम्मेलनमा स्पष्ट रुपमा राखेको बताए ।

उनले भने, “तामाकोसीमा भारतीय र चिनीया कम्पनी पनि छन् । तामाकोसीको १२ सय मेगावाटको जलविद्युत आयोजनाको सन्दर्भमा सहयोगको गर्नुपर्दछ भन्ने कुरामा भारतको सकारात्मक जवाफ मैले प्राप्त गरेँ । पटकको भ्रमण साँच्चै कामकाजीको भ्रमण भएको छ ।”

उनले यो कार्यकाल श्ुरुदेखि नै आर्थिक समस्या समधानका उपाएको खोजीमा सार्वजनिक र निजी क्षेत्रको अर्थपूर्ण सहकार्यका विषयमा जनतालाई सेवा दिने विषयमा तागत र इमान्दारितासाथ लागेको बताए खुलाए । भारत भ्रमण पनि त्यही कमिटमेन्टको नयाँ उदाहरण भएको बताए । उनले यो भ्रमणले नेपाल भारतको सम्बन्धलार्इ नयाँ आयाम प्रदान गरेको इतिहासले मुल्याङ्कन गर्न बताए । 

भारतीय प्रधानमन्त्रीसँग नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको वार्तामा व्यापार पारबहान, लगानी प्रवद्र्धन, उर्जा व्यापार, क्रस बोर्डर ट्रान्समिसन लाइन, सिंचाई, बाढी, डुवान नियन्त्रण, कृषि, सीमा वारपार, सम्पर्क कनेक्टीभिटी बढाउने, रेलवे सेवा सञ्चालन कार्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाहामा पुर्वाधार बनाउने विषयमा छलफल भएको उनले बताए । 

प्रधानमन्त्री दाहालले नेपाललार्ई अर्काे हवाइ प्रवेश मार्ग र गौतबुद्ध विमानस्थल सञ्चालनका लागि इन्स्टुमेन्टल ल्याण्डिङ सिष्टम सञ्चालका सम्बन्धमा साकारात्मक कुरा भएको बताए । नेपालका अन्य शहरमा पनि दुईतर्फी हवाई उडानका सम्बन्धमा सकारात्मक छलफल भएको बताए । यस्तै उनले जलविद्युतका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धमा बलियो सहमति भएको बताए । जलविद्युत आयोनजामा लगानी भित्राउने, नेपालबाट भारततर्फ उर्जाको दीर्घकालिन व्यापारका लागि वैज्ञानिक आधार निर्माण गर्ने महत्वपूर्ण सहमति भएको उनले जानकारी गराए । यो भ्रमण सफल मात्रै नभइ परिणाममुखी भएको बताए ।

सीमाको विषमा गम्भिर रुपमा कुरा गरेको र दुर्बैले मिलेर सीमा समस्या समाधान गर्ने कुरा भएको उल्लेख गरे । उनले भने, “मलाई के लागेको थियो भने यो पटकको म्रमण के सत्ता, पक्ष के प्रतिपक्ष, के नागरिक समाज, के बुद्धिजीवि सबैले स्वागत गर्ने छन् र मलाई बधाई दिनेछन् भन्ने सोच्दै आएको थिएँ । यहाँ त बडो विचित्रका तर्क, कुतर्क हुन थाले, म प्रष्ट पार्न चाहन्छु, नेपालको भूमि नेपालको हो भनेर स्थापित गर्ने कुरा पहिलो स्थापित हुनुपर्छ मात्रै भनेको छु, मैले कुनै विकल्प राखेको छैन । उनले बंगलादेश मोडल भन्ने कुरा आफ्नो नभएको बताए । बरु प्रतिपक्ष दलका बुद्धिजीविहरुले नै यो कुरा आफूलाई भनेको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved