उदयपुर सिमेन्टको महाप्रबन्धकबाट न्यौपानेको राजिनामा, भ्रष्ट्राचारको फाइल खोल्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 06:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक गोपी न्यौपानेले राजीनामा दिएका छन् । उनले मंगलबार उद्योगमन्त्री रमेश रिजाल समक्ष राजीनामा बुझाएका हुन्।

पूर्ण क्षमतामा चलाएर उद्योगलाई चलायमान बनाउनलाई चाहिने कर्जा स्वरुपको १५ करोड सरकारले उपलब्ध नगराएपछि न्यौपानेले राजिनामा दिएका हुन्। उद्योगलाई अहिलेकै अवस्थामा चलाउँदा घाटाको ब्यापार हुने भएकाले १५ करोड लगानी थप्दा पूर्ण क्षमतामा चलाउने बनाउन सकिने प्रस्ताव राखेपनि प्रस्ताव नमानीएपछि आफुले राजिनामा दिन बाध्य भएको न्यौपानेको भनाई छ। 

उदयपुर सिमेन्टलाई कम्तिमा नाफा हुनेगरि चलाउन अहिलेको मेसिन परिवर्तन गर्नुपर्ने  र त्यसका लागि १५ करोड लगानी चाहिने भन्दा पनि उद्योग मन्त्रालयले नसुनेपनि आफुले राजिनामा दिएको न्यौपानेको भनाई छ।  व्यवसाय भन्दा बढी राजिनिती भएकाले आफुले काम गर्ने वातावरण नपाएको न्यौपानेको भनाई छ। 

संचालनमा रहेको उदयपुर सिमेन्ट पछिल्लो समय यता बिभिन्न कारणले पुरा क्षमतामा चल्न सकेको थिएन। न्यौपानेको राजिनामाले उदयपुर सिमेन्टभित्र कर्मचारी युनियन, अध्यक्ष तथा माथिल्लो व्यवस्थापन र मन्त्रालयविचको आपसी द्वन्द रहेको पुष्टि हुन्छ। 

उदयपुर सिमेन्टभित्र राजनीति र भ्रष्ट्राचार उत्कर्षमा पुगेको निष्कर्ष सहित आफुले राजिनामा दिएको बताएका न्यौपानेले एक एक गरेर त्यहाँका भ्रष्ट्राचारको फाइल खोल्ने चेतावनी दिएका छन्। उदयपूर सिमेन्टका अध्यक्ष केशव बस्नेतले पनि महाप्रवन्धक न्यौपानेले राजीनामा दिएको खबर आएको बताएका छन् । न्यौपानेको कार्यकाल २०७९ पुस २० सम्म थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved