
 2mb (1).gif)
नेपाली काँग्रेसका सांसद विनोद कुमार चौधरीले संसदमा एउटा उखान भनेका छन् । बजेटमाथिको छलफलका क्रममा किसानले समयमै मल नपाएको विषयमा कुरा राखेका सांसद चौधरीले चाहिने बेला भएपछि मात्रै मल खरिदको विषय तात्ने भन्दै ‘जब पर्यो राती, तब....’ भन्ने उखान सुनाएका हुन् ।
तर, उनले आफ्नो भनाइलाई पुष्टि गर्न उपमाका रुपमा प्रयोग गरेको उखानलाई लिएर संसदमा महिला सांसदहरुले आपत्ति जनाए । यसपछि सभामुख देवराज घिमिरेले सांसद चौधरीले व्यक्त गरेको शब्द असंसदीय भएको भन्दै संसदीय रेकर्डबाट हटाउन निर्देशन गरेका छन् ।
चौधरीले उखानका नाममा प्रयोग गरेका शब्द संसदीय रेकर्डबाट हटाउनुपर्न माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेका थिए ।