
 2mb (1).gif)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जानु भन्दा एक दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । भदौ २९ गते बसेको बैठकले २३ वटा निर्णय गरेको हो । प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका प्रस्थान गरेका हुन् ।
यस्ता छन् भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकका २३ निर्णय:
१. अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्वबैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।
२. कर प्रणाली सुधारका लागि राय सहितको सुझाव पेश गर्न श्री विद्याधर मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन गर्ने ।
३. मोरोक्कोको माराकेसमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन माननीय अर्थमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
४. कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिनेसम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिने ।
५. साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० / १० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार | महशुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने।
६. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदमा बाबुराम पन्तलाई नियुक्त गर्ने ।
७. राष्ट्रिय सिँचाइ नीति, २०८० स्वीकृत गर्ने ।
८. नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणीका १३ अधिकृतहरूको सरुवा गर्ने ।
९. नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।
१०. विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रिय सम्मानको रूपमा स्थापित गर्न विभूषण वितरणसम्बन्धी विगतका अभ्यास, अन्तर्राष्ट्रिय प्रचलन, विभुषणसम्बन्धी ऐन, नियम र मापदण्डसमेतका आधारमा अध्ययन गरी प्रतिवेदन प्राप्त भएपछि विभूषण वितरण कार्य व्यवस्थित गर्ने गरी हाललाई स्थगित गर्ने ।
११. गृह मन्त्रालय अन्तर्गतका अध्यागमन विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा आ.व. २०८०/०८१ का लागि राजपत्राङ्कित तृतीय श्रेणीका २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१२. ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने ।
१३. सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा २०८० असोज ६ देखि १३ सम्मको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने।
१४. संयुक्त राष्ट्रसंघको महासभाको General Debate का दौरान माननीय परराष्ट्र मन्त्रीलालाई, AGREEMENT UNDER THE UNITED NATIONS CONVENTION ON THE LAW OF THE SEA ON THE CONSERVATION AND SUSTAINBALE USE OF MARINE BIOLOGICAL DIVERSITY OF AREAS BEYOND NATIONAL JURIDICTION-BBNJ Agreement HT नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने ।
१५. विमस्टेक बडापत्र अनुमोदन ( Ratification) का लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
१६. बाँके जिल्लाको नौवस्तास्थित कारागारको ब्लकमा बाल सुधार गृह स्थापना तथा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।
१७. चीनको होङझाओ शहरमा आयोजना हुने १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्री र सचिवलाई स्वीकृति दिने ।
१८. शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापितहरूको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने ।
१९. सुपर तल्लो बागमती जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं ५ र ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ८.८७१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
२०. जटामसी वनस्पतिको व्यवस्थापन निकायको रूपमा डिभिजन वन कार्यालयलाई तोक्ने ।
२१. श्रीलंकाको कोलोम्बोमा हुने "Inclusivity & Diversity in Gender Equality in Parliaments in Asia" विषयक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिने।
२२. बाध्यकारी श्रमसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
२३.मलेसियाको क्वालालम्पुरमा कात्तिक ७ देखि ९ सम्म आयोजना हुने High Level 15th Regional Environmentally Sustainable Transport Forum in Asia कार्यक्रममा माननीय शहरी विकास मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।