हामी सबै अतिबादी सोँचबाट बच्नुपर्छ: अध्यक्ष तिमिल्सिना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2023 | 06:49:33 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

 राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सधै सबैखालका अतिबादको बिरुद्धमा रहेको धारणा ब्यक्त गरेका छन् । मुस्लिम आयोगले सोमबार काठमाण्डौमा आयोजना गरेको ‘इस्लाममा सहिष्णुता तथा सहअस्तित्व र सामाजिक शान्ति प्रर्बद्धनमा यसको भूमिका’ बिषयक गोष्ठीमा बोल्दै उनले सबै नेपाली अतिबादको बिरुद्ध र शान्तिको पक्षमा रहेका बताए ।  

“मानिस चेतना र विवेकका हिसाबले सर्वश्रेष्ठ प्राणी भएपनि अहिले पनि धार्मिक, जातीय तथा भौगोलिक हिसाबले अतिवादी सोच राख्नेहरुले हिंसा मच्चाउन छाडेका छैनन”, उनले भने “मानव भएर पनि यस्ता अतिवादी सोच राख्नेहरु समाज र बिश्वकै लागि कंलक शिवाय केही होइनन ।” 

अध्यक्ष तिमिल्सिनाले हामी सबै बिभिन्न खाले अतिबादी सोचबाट बच्न आवश्यक रहेको बताए ।  मानव मानवका बिचमा बिभेद गर भनेर कुनै पनि धर्मले नभनेको उनले प्रष्ट पारे ।

 नेपालको नयाँ संबिधानले सबै धर्म मान्नेहरुलाई समान दृष्टिकोण राखेको कुरामा जोड दिदै अध्यक्ष तिमिल्सिनाले संबिधानले बिभेद नगरेपनि यसको कार्यान्वयन भने चुनौतीपूण रहेको बताए। नयाँ शिक्षा ऐनले पछाडी पारिएका भाषाभाषीहरुले शिक्षा आर्जन गर्ने बिषयलाई सहज बनाउने बिश्वास पनि व्यक्त गरे। अर्को प्रसंगमा उनले मुलुकमा रहेका सम्बैधानिक आयोगहरुको प्रभावकारिता र आवश्यकताका बिषयमा दश दश बर्षमा पूनरावलोकन गर्न आवश्यक रहेको बताए। 

कार्यक्रममा साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयका सचिव डा. अवाद साब्ती अल्नाजी ले सबै जनताका बिचमा सहअस्त्वि बढाउने तथा सबै खाले अतिबाद र आतंकबादका बिरुद्ध आवाज उताहौनु पर्ने बताए। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved