
आज संविधान दिवसको अवसर पारेर भक्तपुरको सुर्यविनायकदेखि
काठमाडौँको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ। ४५
मिनेटमा नै सुर्यविनायकदेखि रात्नपार्कसम्म आइपुग्न
सडकमा रातो रङ्ग लगाएर छुट्टै लेन तोकिएको छ ।
विश्वका विभिन्न सहरमा यस प्रकारका सेवाहरु सफल पनि भएका छन् ।
तर, काठमाडौंजस्तो साँघुरो सडक भएको सहरमा
छुट्टै डेडिकेटड लेनसहितको यस्तो सेवा प्रभावकारी हुन्छ या हुदैन भन्नेबारे पनि
बहस चलिरहेको छ ।
नेपालको जस्तै साँघुरो सडक भएका विश्वका अन्य देशहरुमा पनि
यस्तो सेवा सफल भएको पूर्वधारविद् डा. सुर्यराज आचार्य बताउछन्। तर, यसप्रकारको सेवा सफल बनाउन भने धेरै चुनौति रहेको उनको भनाई छ
।
नीतिगत तहमा सार्वजनिक यातायातका लागि छुट्टै लेन बनाएर चलाउने
सोच धेरै राम्रो भएतापनि काठमाडौंँको जस्तो साँघुरो बाटोमा डेडिकेटेट लेन
छुट्याउदा अन्य लेनमा रहेका सवारीहरुको जाम बढ्न सक्ने पनि उनको अनुमान छ ।
त्यस्तै नसोचेका अन्य समस्याहरु आउन सक्ने उनको भनार्ई छ । त्यस्ता समस्याहरुलाई
समाधान गर्ने तयारीपनि गर्दै जानुपर्ने उनको उनको सुझाव छ।
यस प्रकारका सेवालाई लागु गर्न सबैभन्दा पहिला सार्वजनिक
यातायात सुविधासम्पन्न, भरपर्दो, समयामा
बस चल्ने हुनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, 'समयमा
पनि नचल्ने, पुराना बसहरु हुने, भरपर्दाे पनि नहुने, चोकको
जाममा पनि फस्ने भयो भने यसले पनि काम गर्दैन ।’
अर्का पूर्वधार विज्ञ किशोर थापा पनि काठमाडौँ जस्तो ट्राफिक
जामबढी हुने सहरमा यस प्रकारको सेवा आवश्यक
रहेको बताउछन् । उक्त सेवामा लेन आफ्नै हुने, पिक
एण्ड ड्रप समय थोरै हुने र पिक एण्ड ड्रप स्टपहरु पनि थोरै हुनेभएकाले काठमाडौंको
सडकमा यो सेवा सफल हुने उनको दाबी छ। काठमाडौं उपत्यकाको सबैजसो बाटोमा यो सेवा
सम्भव नभए पनि सूर्यविनायक रत्नपार्क ससकमा भने उपयुक्त हुने उनको भनाई छ । उनका
अनुसार नेपालजस्तै साँघुरो बाटो भएको ढाका, कलकता,
बैंकक, न्यूयोर्क लगायत विश्वका सहरहरु द्रुत
बस सेवा सफल भएका छन् । नेपालका लागि भने यो नयाँ प्रयोग भएकाले यस सेवालाई सफल
बनाउन बस चालक, सहचालक, कम्पनी
मालिक, यात्रु सबैजना जिम्मेवार हुनुपर्ने उनको
भनाई छ ।
हाललाई द्रुत बस सेवा अन्तर्गत २५ वटा बसहरु बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म चल्ने छन्। उक्त बसहरुको अगाडी भागमा द्रुत बस सेवा भनेर लेखिएको छ। बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि सरकारले द्रूत बस सेवाको अवधारणा ल्याएको हो ।