
नेकपा एमालेका नेता कृष्णप्रसाद दाहालले आफू बागमती प्रदेश कमिटीको अध्यक्षको दाबेदारीबाट पछि नहट्ने बताएका छन् । मकवानपूरका सबै पालिकाहरुबाट चयन भएका प्रदेश अधिवेशन प्रतिनिधिहरुसँग छलफल गर्दै उनले र्वसम्मत भएपनि वा चुनाव भएपनि आफू मैदानमै रहेको बताएका हुन् ।
पूर्वसांसदसमेत रहेका दाहालले अध्यक्ष पदमा दाबी गर्ने सबै योग्यता आफूसँग रहेको भन्दै दाबेदारीबाट पछि नहट्ने बताएका हुन् । नेकपा एमालेको केन्द्रीय सदस्य रहेका दाहाल प्रदेश अध्यक्षको उम्मेदवार बन्न प्रदेश प्रतिनिधि चयन भएर आएका छन् ।
मकवानपुर १ बाट ३ पटक सांसदमा निर्वाचित दाहाल २०४८ मा कान्छो सांसद थिए ।
एमाले बागमतीको अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेलसहित केशव पाण्डे र सानुकुमार श्रेष्ठको पनि दाबी देखिएको छ । प्रदेश अध्यक्षको वरियाता पार्टी पोलिट्ब्यूरो सदस्य बराबर हुने भएपछि केन्द्रीय सदस्यहरु प्रदेश अध्यक्ष बन्ने दौडमा देखिएका हुन् ।