काठमाडौँकै सबैभन्दा ठूलो चिनी गोदाम सिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 02:15:58 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य विभागले काठमाडौँको एक चिनी गोदाम सिल गरेको छ । कालोबजारी गरेको आरोपमा विभागले काठमाडौँकै सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको हो । कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाम मा सिल गरिएको हो । 

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले गोदाम सिल गरेर गुणस्तर परीक्षणका लागि चिनी पठाइएको बताएका छन् । उक्त गोदाम व्यवसायी सन्तोष खेतानको हो । 

बिल जारी नगरी महँगो मूल्यमा चिनी बिक्री गरेको भन्ने गुनासो आएपछि विभागले छापा मारेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved