डाक्टर कुटिएपछि पोखराको मणिपाल अस्पताल तनावग्रस्त (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 04:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

डाक्टर कुटिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।  आज बिहान अस्पतालका डाक्टरमाथि कुटपिट भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो ।

उपचारको क्रममा खटिएका डाक्टरसँग बिरामीको बारेमा बिरामीका आफन्तले छलफल गर्ने क्रममा उनीसँग आएका व्यक्तिले कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । डाक्टरलाई कुट्ने व्यक्ति मालेपाटनका विनय गुरुङ भएको पोखरा बगरस्थित प्रहरी कार्यालयले जनाएको छ । 

हिजो गम्भीर अवस्थामा ल्याईएका बिरामी भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको र यहि विषयलाई लिएर गुरुङले डाक्टरमाथि कुटपिट गरेको अस्पताल स्रोतले जनाएको छ । 


तनावग्रस्त बनेपछिको अवस्था


डाक्टर कुटिएको विरोधमा अस्पतालका डाक्टर तथा नर्सहरु पनि कुट्ने व्यक्तिलाई कारवाहीको माग गर्दै आन्दोलित भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो । डाक्टर तथा नर्सको टिमले डाक्टर कुट्ने व्यक्तिलाई जेल चलान गर्नु पर्ने माग राखेका छन् । 

मणिपालमा यस अगाडी पनि करिब ९ महिना अगाडी यस्तै घटना भएको थियो । त्यसबेला डाक्टर कुट्नेलाई माफी दिईएको र माफी दिनु नै गम्भीर गल्ति भएको आन्दोलित एक डाक्टरले बताएका छन् ।

हेर्नुस् भिडियो


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved