डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2023 | 09:12:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल प्रतिलिटर ६ र एलपी ग्यास प्रतिसिलिन्डर रु २१५ ले बढेको छ । 

त्यस्तै हवाई इन्धन आन्तारिक तर्फ प्रतिलिटर ८ रुपैयाँ र अन्तराष्टिय तर्फ १.०३५ डलरबाट १.०९५ डलर पुर्याइएको छ । 

मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोल प्रतिलिटरको मुल्य  पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल) मा १८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । 

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । खाना पकाउने एलपि ग्यासको प्रतिसिलिण्डर मुल्य २ हजार १ सय १० रुपैयाँ तिर्नु पर्ने भएको छ ।

निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved