३० दिनलाई माइतीघर-बानेश्वर निषेधित क्षेत्र घोषणा, कसैले पनि प्रदर्शन गर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 06:41:35 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज मङ्सिर ४ गतेदेखि ३० दिनसम्मको लागि काठमाडौँको पद्मोदय मोडदेखि सिंहदरवार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माईतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाईनिषेधित क्षेत्र घोषणा गरेको हो।

यस संगै सो क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एक वा सोभन्दा बढि समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने तथा हुलदंगा वा अशान्ति हुन सक्ने भई समग्र रुपमा शान्तिं सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै उल्लिखित स्थान सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवम् महत्वपूर्ण प्रतिष्ठान समेत भएकोले सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायहरूको कामकारवाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न जाने र अत्यावश्यक एम्वुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेतलाई मध्यनजर गरी यो निर्णय लिइएको प्रशासनले जनाएको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले उल्लेख गरेको छ ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा भएसंगै सो क्षेत्रमा युवा संघ वा दुर्गा प्रसाई समुहले प्रदर्शन गर्न पाउने छैनन् । मङ्सिर ७ गते दुवै समुहले सो क्षेत्रमा विशाल प्रदर्शन गर्ने तयारी गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved