
खाद्य व्यवस्था तथा व्यपार कम्पनीले दशैमा बेच्न ल्याएको च्याङ्ग्रा तिहार सकिदाँ पनि बिक्री हुन बाँकी रहेको छ । कम्पनीले दशैंका लागि ल्याएको मध्ये १०० वटा च्याग्रा अझै बिक्री नभएको हो ।
खाद्यले दशैंका लागि २ हजार खसीबोका तथा च्याङ्ग्रा ल्याएको थियो । जसमध्ये तिहार सम्म २०० वटा च्याङ्ग्रा बिक्री हुन बाँकी रहेको थियो । खाद्यले तिहारमा सोहि च्याङ्ग्रा बेचेको थियो । तिहारमा १०० वटा बिक्री एको र अझै १०० वटा बाँकी रहेको कम्पनीकी सुचना अधिकारी शर्मिला न्यौपाने सुवेदिले जानकारी दिइन् ।
उनका अनुसार बाँकी रहेको उक्त च्याङ्ग्रा बल्कमा सेल अर्थात् लिलाम गर्नेबारे छलफल भइरहेको बताईन् । उनका अनुसार यसबारे छिटै निर्णय हुने र सूचना सार्वजनिक हुनेछ ।
'यसबाहेक अन्य विकल्पमा पनि छलफल भइरहेको उनको भनाई छ। तर, बल्क सेल नै गर्ने सम्भावना धेरै छ ।’ उनले भनिन् ।
खाद्यले हरेक वर्षको दशैमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ । गत वर्षपनि कम्पनीले १६ बढी खसीबोका तथा च्याङ्ग्रा बेचेको थियो ।
यस वर्ष खाद्यले हेटौडा, तुलसीपुर र घादिङ लगायत स्थानबाट १६ सय ५९ वटा खसीबोका काठमाडौं ल्याएको थियो । त्यसैगरी रसुवाबाट ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । जसमध्ये २ हजार १ सयवटा बिक्री भएको उनको भनाई छ ।