टिकटक बन्द गर्ने निर्णय विरुद्द परेको १४ वटै रिट न्यायधीश शर्माको इजलाशमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 10:46:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा परेको १४ वटा रिटमा आज सनुवाई हुँदै छ । आज मंगलबार न्यायाधीश बिनोद शर्माको एकल इजलाशमा यी रिटको सुनुवाई हुने भएको हो ।

सो इजलाशमा टिकटकबारेको रिटको पेशी तेस्रो नम्बरमा रहेको छ । यस अघि हिजो पनि यी मुद्दाको पेशी तोकिएकोमा हिजो हेर्न नभ्याइनेमा परेको थियो।

टिकटक प्रतिबन्धबारे सर्वोच्चमा १४ वटा रिट परेको छ । सोमबार थप ४ रिट परेसंगै रिट संख्या १४ पुगेको हो ।  १४ वटै रिटको सुनुवाई एकै साथ हुने छ ।

 सबैजसो रिटमा टिकटक माथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गरिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको,  र निर्णय गर्दा कुनै कानूनी आधार नटेकेकोले सरकारको निर्णय खारेज गर्नको लागि अन्तरिम आदेशको माग गरिएको छ। 

 कार्तिक २७ मा बसेको मन्त्रिपरिषदको बैठकले  टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।


क-कसले दर्ता गरेका छन् रिट ?

१. अधिवक्ता यज्ञमणि न्यौपाने समेत 

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण काठमाडौ

२. अधिवक्ता डा.सुनिल रंजन सिंह

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ

३. अधिवक्ता त्रिलोक बहादुर चन्द

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ , नेपाल टेलिकम भद्रकाली प्लाजा काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण अनु्गमन महाशाखा जमल काठमाडौ

४. अधिवक्ता अनन्तराज लुईटेल समेत

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , कानून न्याय संसदिय मामिला मन्त्रालय सिंहदरबार काठमाडौ / सूचना प्रविधि तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ

५. फर्सुराम पाण्डे

विपक्षी बनाइएको :  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ

६. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

विपक्षी बनाइएको :  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ / सूचना तथा संचार मंत्रालय सिंहदरबार काठमाडौ

७. अधिवक्ता अञ्जन धिताल

विपक्षी बनाइएको :  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ

८. अधिवक्ता भद्र प्रसाद नेपाल (स्वागत) नेपाल

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुर संचार प्राधिकरण राष्ट्रिय नाचघर काठमाडौ

९. अधिवक्ता रामकृष्ण बन्जारा

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सुचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ / महानिर्देशक नेपाल दुर संचार प्राधिकरण जमल काठमाडौ

१०. अधिवक्ता प्रेमराज सिलवाल

विपक्षी बनाइएको : सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ / सूचना तथा संचार प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ 

११. युवराज पौडेल सफल

विपक्षी बनाईएको : नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ नेपाल , नेपाल दुरुसंचार प्राधिकरण अनुगमन महाशाखा जमल काठमाडौ , प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ / संचार तथा सूचना प्रबिधि मन्त्रालय सिंहदरबार काठमाडौ नेपाल

१२. नेपाली काग्रेस बि.पी.

विपक्षी बनाईएको  : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सूचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ

१३. अधिवक्ता गिता दाहाल

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ

१४. कमला अधिकारी समेत

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सूचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved