नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा परेको १४ वटा रिटमा आज सनुवाई भएको छ । आज मंगलबार न्यायाधीश बिनोद शर्माको एकल इजलाशमा यी रिटको सुनुवाई भएको हो ।
मुद्दाको सुनुवाईपछि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश बिनोद शर्माको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ । सर्वोच्चले दुवै पक्षको छलफलपछि अन्तरिम आदेश दिने कि नदिने भन्ने आदेश दिने छ । आज अदालतले कारण देखाउ आदेश जारी गर्दै निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश दिएको हो।
टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, र निर्णय गर्दा कुनै कानूनी आधार नटेकेकोले सरकारको निर्णय खारेज गर्नको लागि अन्तरिम आदेशको माग गरिएको थियो। अदालतले अनतरिम आदेश भने दिएँन।
टिकटक प्रतिबन्ध विरुद्द सर्वोच्चमा १४ रिट परेका छन् । ति सबै रिटको सुनुवाई एकै साथ भएको हो । कार्तिक २७ मा बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
क-कसले दर्ता गरेका छन् रिट ?
१. अधिवक्ता यज्ञमणि न्यौपाने समेत
विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण काठमाडौ
२. अधिवक्ता डा.सुनिल रंजन सिंह
विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ
३. अधिवक्ता त्रिलोक बहादुर चन्द
विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ , नेपाल टेलिकम भद्रकाली प्लाजा काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण अनु्गमन महाशाखा जमल काठमाडौ
४. अधिवक्ता अनन्तराज लुईटेल समेत
विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , कानून न्याय संसदिय मामिला मन्त्रालय सिंहदरबार काठमाडौ / सूचना प्रविधि तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ
५. फर्सुराम पाण्डे
विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ
६. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ / सूचना तथा संचार मंत्रालय सिंहदरबार काठमाडौ
७. अधिवक्ता अञ्जन धिताल
विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ
८. अधिवक्ता भद्र प्रसाद नेपाल (स्वागत) नेपाल
विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुर संचार प्राधिकरण राष्ट्रिय नाचघर काठमाडौ
९. अधिवक्ता रामकृष्ण बन्जारा
विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सुचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ / महानिर्देशक नेपाल दुर संचार प्राधिकरण जमल काठमाडौ
१०. अधिवक्ता प्रेमराज सिलवाल
विपक्षी बनाइएको : सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ / सूचना तथा संचार प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ
११. युवराज पौडेल सफल
विपक्षी बनाईएको : नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ नेपाल , नेपाल दुरुसंचार प्राधिकरण अनुगमन महाशाखा जमल काठमाडौ , प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ / संचार तथा सूचना प्रबिधि मन्त्रालय सिंहदरबार काठमाडौ नेपाल
१२. नेपाली काग्रेस बि.पी.
विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सूचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ
१३. अधिवक्ता गिता दाहाल
विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ
१४. कमला अधिकारी समेत
विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सूचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ