माइतीघरपछि बालुवाटार र मन्त्री निवास पुल्चोक पनि निषेधित क्षेत्र घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 09:12:00 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालुवाटार क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकेको छ ।  जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा प्रशासनले आज मङ्सिर ५ गतेदेखि लागु हुने गरि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास वालुवाटार क्षेत्रलाई ३० दिनको लागि निषेधित क्षेत्र तोकेको हो ।

जस अनुसार शितल निवास (राष्ट्रपति कार्यालय) परिसरको पूर्वमा पवित्र वर्कशपसम्म,पश्चिममा सामाखुसी निस्कने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म, र  दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ।

त्यस्तै प्रधानमन्त्री निवास वालुवाटार परिसर अन्तर्गत पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्रबैंक चोकसम्म,र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

उल्लेखित क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको प्रशासनले जनाएको छ। 

अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने तथा हुलदंगा वा अशान्ति हुन सक्ने भई समग्र रुपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै उल्लिखित स्थान सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवम् महत्वपूर्ण प्रतिष्ठान समेत भएकोले निषेधित क्षेत्र तोकिएको प्रशासनले जनाएको छ ।

आज नै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मन्त्री निवास पुल्चोक क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेको छ । हिजो सोमबार माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको थियो । 

युवा संघ नेपाल र दुर्गा प्रसाई समुहले काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयहरुले धमाधम निषेधाज्ञा जारी गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved