प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई अमेरिकी संस्थाद्वारा ‘शान्तिदूत’को उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 09:29:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई अमेरिकी संस्था ग्लोबल पिस चेनले आफ्नो ‘शान्तिदूत’को उपाधि प्रदान गरेको छ । कतारबाट ‘शान्तिदूत’ छनोटमा पर्ने उनी एक मात्र व्यक्ति हुन् । 

ग्लोबल पिस चेनको सेलेक्सन कमिटीले उनले कतारमा रहेर नेपाली समुदायमा हार्दिकता, मेलमिलाप एवं उत्कृष्ट मानवीय तथा सामाजिक कार्य गरेको ठहर गर्दै उनलाई ‘शान्तिदूत’ उपाधि प्रदान गरेको हो ।आगामी वर्ष जनवरी २२ देखि २५ तारिखसम्म दोहामा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना हुने आयोजक समितिले जनाएको छ ।

प्रोफेसर मियाँ लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाताका रूपमा कतारमा क्रियाशील छन् । उनी राष्ट्रिय मानव अधिकार समिति कतारमा पनि आबद्ध छन् । विगत १५ वर्षदेखि कतारलाई कर्मथलो बनाइरहेका मियाँका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जन किताब प्रकाशित छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved