साइबर ब्यूरोले भन्यो, 'टिकटकको लागि भीपीएन प्रयोग गर्दा बैंकको विवरण चोरी हुने क्रम बढ्यो '

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 09:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको साइबर ब्यूरोले भीपीएन र डिएनएस मार्फत टिकटक सञ्चालन नगर्न अनुरोध गरेको छ । उक्त माध्यमबाट बैंक लगायत अन्य डाटाहरु चोरी हुने गरेकाले ति माध्यम प्रयोग नगर्न ब्युरोले अनुरोध गरेको हो ।

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८०/०७/२७ गतेको निर्णयबाट टिकटक नेपालमा बन्द गरेको भन्दै उक्त एप VPN र DNS प्रयोग गरि  असुरक्षित र  अवैधरुपमा नचलउन ब्यूरोले अनुरोध गरेको हो ।  

 ''VPN DNS प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैङ्कीङ विवरणहरूको समेत पहुँच पुयाई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ ।'' ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  'प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनु हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ ।''




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved