सबैभन्दा बढी आयकर तिर्ने जिम्बु थकाली सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 03:44:26 PM मा प्रकाशित

laxmi  sunrise bank

१२औँ कर दिवसको अवसरमा ‘जिम्बु थकाली’ रेष्टुरेन्ट सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय टंगालले आफ्नो कार्यक्षत्र अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै वेदिका इंक प्रा.लि. अन्तर्गतको जिम्बु थकाली (क्यापिटल ग्रिल) रेष्टुरेन्ट सम्मानित भएको हो । 

आन्तरिक राजस्व कार्यालय टंगालकी कर अधिकृत कमला खरेलले सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै जिम्बु थकालीलाई सम्मान गरेकी हुन् । जिम्बु थकालीको तर्फबाट प्रभा शेरचनले सम्मान पत्र ग्रहण गरेकी छिन् ।

वेदिका इंक प्रा.लि. अन्तर्गत जिम्बु थकाली ब्राण्डका ३ वटा रेष्टुरेन्ट सञ्चालनमा छन् । टंगाल, झम्सिखेल र बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गरिरहेको वेदिका इंकले कालिमाटीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हाल सञ्चालनमा रहेका ३ वटा रेष्टुरेन्टमा १४० जनाले रोजगारी पाइरहेका छन् ।

जिम्बु थकाली (क्यापिटल ग्रिल)का सञ्चालक विवेक शेरचन हुन् । उनले आजभन्दा ७ वर्ष अगाडीबाट यो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

१९ वर्षको उमेरमा अमेरिका गएका विवेक १५ वर्ष बसेर सन् २०१० मा नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि केही वर्ष व्यवसायिक सम्भाव्यता अध्ययन गरेर उनले २ करोड लगानीमा वेदिका इंक प्रा.लि. मार्फत जिम्बु थकाली (क्यापिटल ग्रिल) सुरु गरेका हुन् । 

विवेका अनुसार जिम्बु थकाली खोल्नुमा सबैभन्दा ठूलो हाल आफ्नी आमा प्रभा शेरचनको छ । उनकी आमाले पहिलादेखि नै धेरै स्वादिष्ट थकाली खानाहरु बनाउने गरेकी थिईन् । उनले आमालाई आफूले थकाली रेष्टुरेन्ट खोल्ने कुरा बताए । छोराको कुरा सुनेर आमा पनि धेरै खुसी भइन् । उनले आमाको रेसिपी (पकाउने तरिका) बाट क्यापिटल सँगसँगै जिम्बु थकाली पनि सञ्चालन गर्न सुरु गरे ।

जिम्बु थकालीको एउटा आउटलेटले एक दिनमा करिब ५ सय जनालाई खाना खुवाउँदै आएको छ । हाल नेपालमा रेष्टुरेन्ट व्यवसाय गर्ने मध्येकै सबैभन्दा बढी कर जिम्बु थकालीले तिर्ने गरेको छ ।

यो पनि : आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved