पूर्वमन्त्री रायमाझीलाई थुनामै राख्न आदेश, बालकृष्ण खाँणबारे २ न्यायधीशको फरक मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 04:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खांडको हकमा २ न्यायधीशको राय बाझिएको छ । न्यायधीश जनक पाण्डेले उनलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन् भने अर्का न्यायधीश प्रकाश खरेलले न्यायधीश पाण्डेको आदेशमा सहमत हुन नसकिने भन्दै धुनामै राख्नु पर्ने आदेश दिएका छन् । यसो हुँदा अब खांडको मुद्दा तेस्रो न्यायाधीशकोमा पेश हुनेछ । 

अदालतले टोपबहादुर रायमाझी, आङ्टावा शेर्पा, केशव दुलाल, इन्द्रजित राई र टेकनारायण पाण्डेलाई थुनामै राख्ने आदेश दिएको हो ।  अदालतले टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न , टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा र बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved