राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 04:44:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका प्रकाशन गरेको छ । आयोगले शुक्रबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्तादेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । 

सरकारले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते  गर्ने गरी यही मंसिर १३ गते बुधबार मिति तय गरेको थियो । सरकारले निर्वाचनको मिति तय गरेसँगै  आयोगले आगामी माघ ११ गते सम्मको कार्यतालिका सार्वजानिक गरेको हो । सार्वजानिक तालिका बमोजिम आयोगले मंसिर २२ गते दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।

त्यसैगरी, राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाउने आयोगको कार्यतालिका छ ।

त्यस्तै पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ ।

पुष २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते विहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म मतदानको कार्य सञ्चालन हुने सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ भने पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रियसभामा रिक्त हुने २० सदस्यमध्ये १९ जना निर्वाचनबाट चयन ह’नेछन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved