नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थसचिव कृष्णहरी पुष्कर स्वदेश फर्किएपछि मौदिक नीतिको त्रैमासिक समिक्षा जारी गर्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बुधबार गर्भनर अधिकारीले अर्थसचिव स्वदेश फर्किएपछि बोर्ड बैठक बसेर पास गर्ने अनि त्रैमासिक समिक्षा सार्वजनिक गर्ने बताएका हुन् ।
पछिल्लो समय अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वयन नभएको हल्लाहरु चलेको गर्भनर अधिकारीले उल्लेख गरेका छन् । मन्त्रालय र राष्ट्र बैंकबीचको समन्वयन राम्रो छ भनेर सन्देश दिनका लागि पनि अर्थसचिवलाई पर्खिएको अधिकारीले बताए ।
अर्थसचिव पुष्कर केहि दिनदेखि विदेश भ्रमणमा रहेका छन् ।