१६ हजार किलो चिनी बरामद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 05:41:32 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सतुंगलबाट १६ हजार किलो चिनी बरामद गरेको छ । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार अवैध रुपमा आयात भएको ३२० बोरा चिनी बरामद गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र विभागको टोलीले अनुगमन गर्दा उक्त चिनी फेला परेको हो । अहिलेको बजार मूल्य अनुसार बरामद भएको चिनीको मूल्य १६ लाख रुपैयाँ भन्दा बढी हुन्छ । विभागका अनुसार अब यो चिनी भन्सार कार्यालयमार्फत लिलामी गरेर बजार पठाइनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved