आन्तरिक राजस्वले भन्यो, 'नेपाल मै उत्पादित आलु प्याजमा भ्याट लगाइएको छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 04:52:38 PM मा प्रकाशित

laxmi sunrise bank

आन्तरिक राजस्व विभागले स्वदेश मै उत्पादन भएको आलु, प्याजमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने प्रष्ट पारेको छ। बजारमा आलु प्याजको सहज आपूर्ति हुन नसकेको भन्ने समचारप्रति ध्यानाकर्षण भएको जनाउदै विभागले स्वदेश मै उत्पादन भएको आलु प्याजमा भ्याट नलाग्ने प्रष्ट पारेको हो।

विभागले आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको स्पष्ट पारेको छ।

'आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’ विभागले जारी गरेको सूचनामा भनिएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved