निर्माण व्यवसायीहरू आत्मदाह गर्ने स्थितिमा पुगीसकें : अध्यक्ष सिंह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 05:37:37 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू आत्मदाह गर्ने स्थितिमा पुगेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले सरकारले विगतको सहमति कार्यान्वयन नगर्दा निर्माण उद्योग धराशायी भएको र निर्माण व्यवसायीहरू आत्मदाह गर्ने स्थितिमा पुगेको बताएका हुन्।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका विषयमा महासंघसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको दाबी गरे । माइलस्टोनका कारण म्याद थप नहुँदा करीब ४० अर्ब रुपैंयाको बील बनाउन नसकिएको अध्यक्ष सिंहले बताए । निर्माण उद्योग धराशायी हुँदा त्यसको प्रतिकूल प्रभाव देशको समग्र अर्थतन्त्रमा परिसकेको अध्यक्ष सिंहले बताए ।

८ खर्बको वार्षिक कारोबार गरी २५ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गरेको निर्माण उद्योगको विकासमा राज्य संवेदनशील नदेखिएको अध्यक्ष सिंहको आरोप थियो।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved