BREAKING: लाइन काटिएका सबै उद्योगमा बिजुली जोड्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 04:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लाइन काटिएका सबै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत बक्यौता विवाद समाधानको लागि उच्च स्तरीय आयोग गठन गर्ने र हालको लागि उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको हो।

सोमबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने वातावरण बनाएर अघि बढ्नु पर्ने बताएका थिए । सोहि अनुसार आजको मन्त्रिपरिषद्को बैठकले विद्युत बक्यौता विवाद समाधानको लागि उच्च स्तरीय आयोग गठन गर्ने र हालको लागि उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको स्रोतले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संगठनले विजुली बक्यौता विवादको समाधानको लागि उच्च स्तरीय आयोग गठन गर्न माग गर्दै आएका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved