अर्थ मन्त्री डा. प्रकाश शरण महतले विश्व बैंकको सम्मेलन हुन लागेको बताएका छन् । आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले सो सम्मेलनमा विश्व बैंकका अध्यक्ष सहित ९२ देशका प्रतिनिधि नेपाल आउने बताएका हुन् ।
विश्व बैंकको अन्तराष्ट्रिय विकास संघ (आईडिए)ले नेपालमा सम्मेलन गर्न लागेको हो । नेपाल हुने गरि तय गरिएको लगानी सम्मेलन सकिएको करिब एक महिनापछि यो सम्मेलन हुने बताईएको छ ।
मन्त्री महतले चालु आर्थिक वर्षको बजेटको आकार पनि घटाएका छन् । आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले बजेटको आकार घटाइएको घोषणा गरेका हुन्।
उनका अनुसार अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो ।
अर्थ मन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए। अब भने बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको हो।