श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले अर्थतन्त्र सुधारका गर्नको लागि निजी क्षेत्रको ठुलो योगदान रहेको बताएका छन् । बिहीबार (आज) नेपाल चेम्बर अफ कमर्सले भृकुटिमण्ढपमा आयोजना गरेको “चेम्बर एक्स्पो २०२४”को सम्उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै, उनले यो मेलाले नेपाली उत्पादनलाई अन्र्तराष्ट्रिय बजारमा पु¥याउन मद्दत गर्ने पनि बताएका छन् । मन्त्री अर्यालले नेपाल चेम्बर अफ कमर्सलाई आफुले सकेसम्मको सहयोग गर्ने पनि बताएका छन् ।
त्यस्तै, सोहि कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लका अनुसार यस मेला मार्फत देश र विदेशका उत्पादनहरुलाई र सेवाहरु लिन र अवलोकन गर्न पाईने छ । यस एक्स्पोमा अन्र्तराष्ट्रिय व्यापारी समुदाय समेत सहभागि भएकाले अन्र्तराष्ट्रिय क्षेत्रमा भईरहेको आर्थिक क्रियाकलाप र व्यापार व्यवस्थापनका नयाँ आयामहरुलाई नजिक बाट नियाल्न नेपाली उद्योग व्यवसायीलाई सहज हुने पनि उनले बताए ।