मिटरब्याज पीडितको आन्दोलनमा बाबुराम भट्टराईको 'ईन्ट्री'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 04:45:55 PM मा प्रकाशित

मिटरब्याज पीडितको आन्दोलनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी भएका छन् । उनी बिहिबार मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन मार्चपासमा सहभागी भएका छन् ।

भृकुटीमण्डपदेखि भद्रकालीसम्म पीडितले निकालेको मार्चपासमा सहभागी भएर उनले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा बनेको मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

‘जनताको यो संघर्ष तपाईंहरुका विरुद्ध होइन, सत्तामा बस्ने अवसर पनि तपाईंहरुले यिनै जनताको भोट, रगत र पसिनाबाट पाउनुभएको छ’, डा। भट्टराईले प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई सम्बोधन गर्दै भने, ‘किसान मजदुरको लागि केही गर्न चाहनुहुन्छ भने यो तपाईंहरुका लागि अवसर पनि हो ।’

उनले गृहमन्त्री रवि लामिछानेलाई ‘आजै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर वार्ता थाल्न’ आग्रह गरे ।

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट अवधेश कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved