प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2024 | 04:19:51 PM मा प्रकाशित

laxmi  sunrise bank

उपेन्द्र यादव नेतृत्वको  जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठक सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । 

यस संगै अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु पर्ने छ। नेपालको संविधानको धारा १०० मा विश्वासको मतबारेको व्यवस्था छ । धारा १०० को उपधारा २ मा 'प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ । ' भनि उल्लेख गरिएको छ । जसपा नेपालले समर्थन फिर्ता लिए संगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु पर्ने भएको हो   २०७९ मा निर्वाचन भएर प्रधानमन्त्री बने पछि प्रचण्डले यस अघि नै ३ पटक विश्वासको मत लिइसकेका छन् । 

अहिलेको सरकारमा उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री थिए । उनले बिहान नै मन्त्री पदबाट राजीनामा दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved