हज यात्रीलाई विदाई गरे श्रममन्त्री अर्यालले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 03:25:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हज यात्राको लागि साउदी अरब जाने टोलीलाई शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अन्तराष्ट्रिय बिमानस्थलबाट विदाई गरेका छन् । शुक्रबार तेस्रो समूहमा १५२ जना यात्री हजका लागि साउदी प्रस्थान गरेका छन् । 

एयर अरेबिया एयरलाईन्स मार्फत हज यात्री युएईको शारजहा हुँदै साउदी पुग्नेछन् । हजयात्रामा जाने यात्रुलाई यात्रा सफलताको शुभकामना दिदै श्रममन्त्री अर्यालले विदाई गरे ।  

हिजरी संवत् १४४५ को हजका लागि गत बुधबार पहिलो समूहमा १५० जना साउदी अरब प्रस्थान गरी सकेका छन् । त्यस्तै दोस्रो समूहमा विहीबार विहान १५० जना साउदी प्रस्थान गरी सकेका छन् । आइतबार राती दुई बजे चौथो समूहमा १४८ जना साउदी प्रस्थान गर्नेछन् भने आइबार विहान नै अन्तिम समूहमा १६४ जना हजका लागि साउदी प्रस्थान गर्नेछन् । 

यो बर्ष ७६४ जना हजयात्री साउदी जाने भएका छन् । जसमध्ये १० जना प्रतिनिधिमण्डल छन् । साउदीको मक्का मदिनालाई इस्लाम धर्मालम्बीको सबैभन्दा ठूलो तिर्थ मानिन्छ । प्रत्येक बर्ष नेपालबाट हज यात्राका लागि जाने गरेका छन् । हज यात्राले पाप नष्ट भै स्वर्गको प्राप्ती हुने विश्वास रहदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved