सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 06:28:10 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

यसअघि राष्ट्रिय स्वतन्त्र  पार्टीका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै आएका थिए । मन्त्रिपरिषद् गठन भएपछि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने व्यवस्था भएपनि सरकारले कानूनबमोजिम भन्दै त्यसलाई गोप्य राख्दै आएको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन राज्यमन्त्री हसिना खानबाहेक सबैले सम्पत्ति विवरण बुझाएका छन् ।

बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा पुन: संगीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्ता छन् बैठकका अन्य निर्णयहरु :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved